२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही फाल्गुण १६ गते – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मंगलवारदेखि शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० बुधवार सम्पन्न भएको छ ।चक्रघट्टा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित प्रतियोगिता पालिकाको ४ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । पालिकाको वडा नं. १ शिवनगरको खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा जनता माध्यमिक विद्यालय चक्रघट्टा ५ पडरिया प्रथम भएका छन् ।पडरियाले ७ स्वर्ण, ४ काँस्य र २ रजत पदक जित्दै प्रथम स्थान प्राप्त गरेका छन् । त्यसैगरी ५ स्वर्ण, ७ काँस्य र ३ रजत पदकका साथ रामजानकी माध्यमिक विद्यालय चक्रघट्टा ९ खोरिया दोस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी ३ स्वर्ण, २ काँस्य र ९ रजत सहित जनता माध्यमिक विद्यालय चक्रघट्टा २ बेल्ही तृतीय स्थान प्राप्त गरेका छन् ।प्रतियोगितामा पुरुष तर्फ ९ वटा र महिला तर्फ ८ ओटा खेल संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामस्वार्थ यादवले जानकारी दिएका छन् ।समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले प्रथम, दोस्रो तथा तेस्रो स्थान प्राप्त गरेका विद्यालयहरुलाई ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय