२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही,१५ फागुन । सर्लाहीको बसबरियामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको विजेता छात्र तथा छात्राहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरीएको छ ।शिल्ड, मेडल तथा प्रमाणपत्र गाउँपालिका अध्यक्ष रामसिंहासन राय तथा वडा अध्यक्षहरुले वितरण गर्नुभयो ।बसबरिया गाउँपालिका शिक्षा खेलकुद तथा युवा शाखाको आयोजनामा फागुन ९ र १० गते तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा पब्लिक मावि सहोडवा,त्रिभुवन माध्यमिक विधालय,जन्ता माध्यमिक विधालय ,पञ्चायत आदर्श माध्यमिक विधालय गरी ५ वटा माध्यमिक विधालयहरुले भाग लिएका थिए ।प्रतियोगिता १० गते नै सम्पन्न भए पनि ५ वटै माविका छात्रछात्रालाई पुरस्कार भने आज वितरण भएको गाउँपालिकाले जनाएको छ ।भलिबल, कवडी, ज्याबलिंग थ्रो, सटपुट, १ सय मिटरको दौड लगायतका खेल भएको प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादवले जानकारी दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथि तथा बसबरिया गाउँपालिका अध्यक्ष रामसिंहासन रायले शिक्षा विकासले मात्र समाजमा बिधमान विभिन्न समस्या अन्त्य हुने बताउनुभयो । बसबरियामा आफुले विकास गर्न खोजदा केही व्यक्ति बिबाद गर्न खोजेको उहाले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादवले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्न आफुहरु तयार भए पनि अनुकुल वातावरण नभएको बताउनुभयो ।बसबरियामा शिक्षा क्षेत्र सुधार गर्न आ-आफ्नै ठाउमा सबै इमानदार हुनुपर्ने अधिकृत यादवले बताउनुभयो ।कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,शिक्षा शाखा प्रमुख,विभिन्न विधालयका शिक्षक तथा विधार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय