२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही ,राष्ट्रिय कार्यक्रम अनुरूप सञ्चालन हुन लागेको दादुरा रुबेला खोप सम्बन्धी सर्लाहीको विष्णु गाउँपालिकामा पनि व्यापक तयारी भइरहेको छ । विष्णु गाउँपालिका स्वास्थ्य शाखा,स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरी दादुरा रुबेला खोप सम्बन्धी जानकारी गराइएको छ । यसैक्रममा सोमवार विष्णु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप अभियान सम्बन्धी सरोकारवालाहरूसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।विष्णु गाउँपालिका कार्यालयको सभाहलमा सञ्चालित पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा विष्णु गाउँपालिका कार्यालय स्वास्थ्य शाखाका प्रमुख अंजय कुमार यादव ले राष्ट्रिय कार्यक्रम अनुरूप विष्णु गाउँपालिका कार्यालय स्वास्थ्य शाखाले समेत खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । फाल्गुन १६ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा विष्णु गाउँपालिका को ८ वडाका ४० स्थानबाट खोप प्रदान गरिने छ । ९ महिनादेखि १५ वर्षमुनिका करिब ९ हजार ४ सय बालबालिकालाई खोप दिइने छ । परिवार सहित आउने भारतीय बालबालिका, जो इँटा उद्योग सहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन्, ती बालबालिका खोपबाट वञ्चित हुने अवस्थामा जोखिम कायमै रहेकोले अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप दिनु अनिवार्य छ भनी विष्णु गाउँपालिका का अध्यक्ष जवाहर लाल रायले बताउनु भयो । विष्णु गाउँपालिका कार्यालयले दादुरा रुवेला रोग विरुद्धको राष्ट्रिय खोप अभियानका लागि सहयोग गर्न सबैलाई आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय