२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही –सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोलामा प्रहरीले आज( शुक्रवार )१५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। अवैध रुपमा स्थानीयले लगाएको करिब १५ बिघाको गाँजा फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सहित स्थानीय प्रशासनका अधिकारीहरु नारायणखोला पुगेका थियो । अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताउनुभयो । गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाइका साथ लागू गरिने स्थानीय प्रशासनको तयारी छ।प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गरेको भए पनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय