२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

मलंगवा-सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १० जिल्ला विकास समितिको भवनमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रम बिच मधेस प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन कुमार सिंहले मुल ढोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मन्त्री बनेपछि आफनो पहिलो प्राथमिकता प्रदेशको ८ वटा जिल्लामध्ये यातायात सेवा कार्यालय नरहेको बारा र सर्लाहीमा यस कार्यालयको स्थापना गर्नु थियो, एउटा काम पुरा भयो, अब बारामा पनि चाडैं उद्घाटन हुने उनले बताए ।हाल यस कार्यालयबाट सवारी साधनको चालक अनुमतिपत्र वितरण सेवा बाहेक अन्य सबै सेवा संचालन हुने सेवा कार्यालयका प्रमुख राकेश यादवले जानकारी दिए । उनका अनुसार स्थानीय तहले जतिचाँडो जग्गा उपलब्ध गराए त्यति चाँडै लाईसेन्सको लागि ट्रायाल सेन्टरको निर्माण प्रक्रिया पनि अगाडी बढ्नेछ जिल्लामा यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन गौर, बिरगंज बर्दिबास र जनकपुर धाउनुपर्ने अवस्था थियो । तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको र जिल्लाबासीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय