२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही, कात्तिक २२ गते । सर्लाहीको गोडैता नगरपालिका–११,सिसौटियामा मङ्गलबार राति ७ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेलको मृत्यु भएको हो । चालक अशेश्वरलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा र सह–चालक शङ्करको घटनास्थलमा नै मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते हुनुभएको छ । घाइते दुवैको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति ८ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका तथा घाइते भएका सबैलाई ट्याक्टरले थिचिरहेको अवस्थामा जेसीबी प्रयोग गरेर बाहिर निकालिएको प्रनाउ पञ्जियारले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परेको ट्याक्टर राति प्रहरी कार्यालयसम्म ल्याउन सम्भव नभएपछि घटनास्थलमै सुरक्षितसँग राखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय