सर्लाही,१९ भदौ । सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार उर्फ (बब्लु)ले राम्रो खेल प्रदर्शन गरेको भन्दै सर्लाहीको कोडैना गाउँपालिकाले नेपाल क्रिकेट टिमलाई पाँच लाख रकम प्रोत्साहन स्वरुप दिने घोषणा गर्नुभएको छ ।(सोमबार) राति गाउँपालिका अध्यक्ष रुपेश कुमार उर्फ (बब्लु)ले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दैं लेखेका छन् ” सफलता सजिलै आउँदैन तर कडा परिश्रम र दृढ संकल्पको माध्यमबाट हाम्रो नेपाली क्रिकेट टिमले एसिया कपमा अद्भुत प्रदर्शन गर्दै हामी नेपाली र हाम्रो नेपालको नाम क्रिकेट जगतमा प्रख्यात गरेको छ । यस्तो प्रदर्शन अगामी दिनहरुमा जारी रहोस भनी शुभकामना दिंदै कौडेना गाउँपालिकाकाको तर्फबाट नेपाल क्रिकेट टिमलाई रु पाँच लाख नगद उपहार स्वरुप प्रदान गर्ने घोषणा गर्दछु भने फेसबुक पेजमा लेखेका थिए। र उक्त रकम पालिका प्रमुखको कोषबाट नेपाल क्रिकेट टिमलाई प्रोत्साहन स्वरुप दिने अध्यक्ष रुपेश कुमार उर्फ (बब्लु)ले बताउनु भयो।

