२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाहीको बसबरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । बसबरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजना ,गा•पा प्रमुख रामसिंहासन रायको अध्यक्षता तथा मधेस प्रदेश तथ्यांक अधिकृत लाल बाबु राय को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।बिहिबार र शुक्रबार दुइदिन सम्म चलेको उक्त गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आआफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा ६ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गरेर सम्मानित गरिएको थियो । आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका सहोडवा,धनगढा ,भवानीपुर स्वास्थ्य चौकीका प्रमुखहरुलाई , गा•पा प्रमुख रामसिंहासन रायले कदरपत्र प्रदान गरेका थिए।समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै गा•पा प्रमुख रामसिंहासन रायले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने गा•पा भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु लाई धन्यवाद दिएका थिए । गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाउँपालिका लाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य गाउँपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्वास्थ्य निर्देशनालयकाको मुल्यांकन अनुसार गत आर्थिक वर्षमा बसबरिया गाउँपालिका मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नौ स्थानमा पर्न सफल भएको स्वास्थ्य शाखा सहप्रमुख विजय यादवले बताए ।गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायको अध्यक्षता तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका तथ्यांक अधिकृत लालबाबु रायको प्रमुख अतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठी कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका विभिन्न वडाका वडाध्यक्षहरु ,वन हर्ट वर्ड वाइड सर्लाहीका संयोजक अमरेन्द्र राय, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य शाखा सहप्रमुख विजय यादवले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय