२०८२ चैत्र १२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही -सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक (हाल अधिकृत सातौं) कौशलेन्द्र मिश्रविरुद्ध १ करोड ३० लाखको भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार मिश्रविरुद्ध विशेष अदालतमा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो। सेवा प्रवेश गरेको मिति २०५७ असारदेखि २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा गरेर उक्त रकम बराबर अकुत सम्पत्ति कमाएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियारले गरेको अनुसन्धानअनुसार यो अवधिमा उनले २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ आर्जन गरेको देखिन्छ। जसमध्ये १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँको आम्दानीको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। अकुत रकम बराबरको बिगोसँगै कैद र जरिवाना समेत माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय