निरज यादव
कौडेना-कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव अहिले आर्थिक वर्ष २०८०/०८१ को गाउँस्तरीय योजना छनौट कार्यमा ब्यस्त छन् ।गाउँपालिकाको हरेक वडाको टोलटोलमा गएर जनतासंग प्रत्यक्ष रुपमा सम्बाद गरि जनताको आवश्यकता अनुसारको योजना छनौट गरिरहेको अध्यक्ष यादवले बताए । जनताको घरदैलोमा गएर योजना छनौट गर्दा पारदर्शी हुने तथा जनताको चाहना र आवश्यकता अनुसारको योजना छनौट गर्न सहज हुने उनले बताए ।योजना छनौटको क्रममा शुक्रबार कौडेना गाउँपालिकाको जम्मा सातवटा वडा मध्ये वडा नम्बर १,३ र ४ मा योजना छनौटको काम भइसकेको र बाकी रहेको वडामा पनि आइतबारदेखी योजना छनौटको काममा जाने योजना रहेको अध्यक्ष यादवले बताए ।

