२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव
एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाहीको ७ औं जिल्ला समन्वय सम्मेलन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न भएको सम्मेलनले विश्वनाथ रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ जिल्ला समन्वय समिति चयन गरेको छ। जसको उपाध्यक्षमा लतिन्द्र चौधरी ,सचिवमा वेद प्रकाश गौतम र कोषाध्यक्षमा नागेन्द्र प्रसाद यादव लगायत अन्य सदस्यहरु चयन भएका छन् ।राम विलास रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका स-अध्यक्ष पुर्ण प्रसाद दवाडीले गरेका थिए।मलंगवा नगरपालिका वडा न-८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार संयोजक रामेश्वर प्रसाद यादव,केन्द्रीय उपाध्यक्ष किरण यादव ,मधेश प्रदेश अध्यक्ष भुप नारायण यादव,नेपाल शिक्षक संघ उपाध्यक्ष रामबाबु राय ,बरहथवा नगरपालिकाका पुर्व मेयर देवानन्द महतो,संघका चक्रघट्टा गाउँपालिका अध्यक्ष विजय यादवसहित जिल्लाभरीका पालिका अध्यक्षहरु,नगर महासंघ अध्यक्षहरु,केन्द्रीय समितिका पदाधिकारीहरु लगायत संघमा आबद्ध शिक्षक,शिक्षिकाहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय