२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही-सर्लाहीको धनकौल गाउँपालिकामा एकल तथा विद्यवा महिलाहरुलाई ब्लान्केट वितरण सहित सम्मान गरिएको छ ।धनकौल गाउँपालिकाको आर्थिक सहयोग तथा दलित कल्याण समाज, बरहथवाको सहकार्यमा ३०७ परिवारका एकल तथा विद्यवा महिलाहरुलाई सम्मान सहित ब्लान्केट वितरण गरिएको धनकौल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण मोहन साहले जानकारी दिए ।सोमवार धनकौल गाउँपालिकाले आयोजना गरेको सम्मान तथा ब्लान्केट वितरण कार्यक्रममा गापा अध्यक्ष रामअश्रय साहले एकल, विद्यवा महिलाहरुलाई सम्मान गरी कार्यक्रमको सुआरम्भ गरेका हुन ।गाउँपालिका उपाअध्यक्ष अकली देवी सहनीले फुलको माला र अबिर तथा अध्यक्ष साहले दोसल्ला ओढाएर एकल तथा विद्यवा महिलाहरुलाई सम्मान गरेका थिए ।स्थानिय सरकारले ब्लान्केट वितरण गरेपछि वितरण कार्यक्रममा पुगेका एकल तथा विद्यवा महिलाहरुको अनुहारमा खुशि देखिएको थियो । उनिहरुले सहयोगका लागि स्थानिय सरकारलाई धन्यावाद समेत दिए ।एकल तथा विद्यवा महिलाहरुलाई अभिभावकको प्रत्याभूति दिलाउन र उनिहरुको परेको बेला दुख सुखमा साक्षी बन्न एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिका अध्यक्ष रामअश्रय साहले बताए । गापाका भित्रका हरेक नागरिकहरुको अभिभावक स्थानिय सरकार हुन्छ, उहाँले भने । स्थानिय सरकारको प्राथमितामा एकल तथा विद्यवा महिला नपरेको गुनासोलाई ध्यानमा राख्दै ब्लान्केट वितरण गरेको छु ।गरिब, तथा विपन्न परिवारका एकल तथा विद्यवा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको स्विकार्दै आगमी दिनहरुमा पनि उनिहरुका लागि स्थानिय सरकारले अझ राम्रो कार्यक्रम ल्याउने प्रतिबद्वतता समेत उहाँले व्यक्त गरे ।कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत कृष्ण मोहन कुमार साह, स्वास्थ शाखा प्रमुख अरुण कुमार महतो, दलित कल्याण समाज, बहरथवाका प्रतिनिधि प्रविण यादव लगायत एकल महिला तथा विद्यवा परिवाका व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय