२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा न. ५ हरिजनटोल स्थित सामुदायिक प्राथमिक विधालयमा स्थापना गरिएको आइसिटी ल्यावको उदघाटन गरिएको छ । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले ६ लाख ५० हजारको लागतमा स्थापना गरिएको आईसिटी ल्याबको एक कार्यक्रमको बिच उदघाटन गरेको विद्यालयको प्रअ शैलेन्द्र यादवले जानकारी दिए ।उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुशवाहाले प्रविधिमैत्री विधालय आजको आवश्यकता रहेको बताए । उहाँले विधार्थीको सिकाइलाई दिगो, चिरस्थायी र प्रभावकारी बनाउन कक्षाकोठामा श्रव्यदृष्य शैक्षिक सामग्रीको प्रयोग हुनुपर्नेमा जोड दिए ।उहाँले नगर अन्तर्गतका सामुदायिक विधालयहरूमा विधार्थी संख्याको आधारमा शिक्षक, भौतिक पूर्वाधार र कक्षाकोठामा श्रव्यदृष्य सामग्रीको प्रयोग हुने वातावरण निर्माण स्थानिय सरकारको पहिलो प्राथमिकता रहेको जानकारी गराए । उहाँले यस विधालयले स्थापना गरेको आइसिटी ल्यावबाट विधार्थीको शिक्षण सिकाइ र विधालयको अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने दाबी गरे ।सर्लाहीमा राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत सर्लाहीका २४ विधालयलाई ४ कोठे भवन, १२ विधालयलाई २ कोठे भवन र २५ विधालयलाई आइसिटी प्राप्त भएको जिल्ला शिक्षा तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख सुनिल कुशवाहाले जानकारी दिए ।यसैगरी बलरा नगरपालिका अन्तरगतका १ वटा विधालयमा ४ कोठे भवन, १ वटा विधालयमा २ कोठे भवन तथा ३ विधालयमा आइसिटी ल्याब प्राप्त भएको बताए ।सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्ले कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराए ।नेपाल सरकारले शिक्षा क्षेत्रमा फ्ल्यागसिप (ँबिनकजष्उ) कार्यक्रमका रूपमा अगाडि सारेका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन योगदान पु¥याउने, सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम संचालन गर्ने, नियमित कार्यक्रमबाट सम्बोधन गर्न नसकिएका सामुदायिक विद्यालयमा सिकाइ सुविधा विस्तार गर्न भौतिक पूर्वाधार विकास गर्ने र शैक्षिक अभियानमूलक कार्यक्रम संचालन गर्ने पवित्र उद्देश्यका साथ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै आएको उहाँको कथन थियो ।विधालयका प्रअ एवं कार्यक्रम अध्यक्ष शैलेन्द्र यादवले विधालयमा अपुग शिक्षक र भौतिक पूर्वाधार निर्माणमा सहयोगका लागि नगरप्रमुखसंग माग गरे । उहाँले शिक्षाप्रेमी नगर प्रमुखको अगुवाइमा यस नगरको शिक्षामा सुधार हुने बताए ।कार्यक्रममा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहालाई विधालय परिवारको तर्फबाट नयाँ वस्त्र सहित गम्छा ओढाएर सम्मान गरेको थियोे । कार्यक्रम नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको प्रमुख आतिथ्य र प्रधानाध्यापक शैलेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहा, बलरा नगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष रामबाबु दास, १० नं. वडाका वडाध्यक्ष दिनेश महतो, प्रधानाध्यापक, शिक्षक, अभिभावक पत्रकार लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय