२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

नेकपा माओवादी केन्द्रका पूर्व उपत्यका ईन्चार्ज तथा पूर्व केन्द्रीय सदस्य श्रीचन यादव(सुजन)ले पार्टी परित्याग गरे का छन् ।उनले सर्लाही ४(ख)मा आफूले नै टिकट पाउने दाबी गरेका थिए । तर टिकट भने अर्का नेता फकिरा महतोले पाए । टिकट पाउने आशा गरेका उनले टिकट नपाएपछि रुष्ट भएर शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आईतबार पत्रकार सम्मेलन गरेर स्वतन्त्र उमेदवारी घोषणा गर्ने बताएका छन् ।बलरा नगरपालिका ११ छटौना घर भएका नेता यादव आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४(ख)बाट उमेदवारी दिने तयारीमा थिए । उनले चुनावको मिति घोषणा भएको समयदेखि नै प्रदेशसभा सदस्य पदमा उमेदवारी दिने घोषणा गर्दै त्यसको घनीभूत तयारी गरेका थिए । उनले आफ्नो क्षेत्रका जनताका घर घरमा गएर आफूलाई मत दिन आग्रह समेत गरिसकेका थिए । तर अन्तिम समयमा आएर पार्टीले उनलाई टिकट नदिने भएपछि उनले पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् ।द्वन्दकाल देखि नै माओवादी केन्द्रमा सक्रिय भएका उनी पार्टी कामकै शिलशिलामा पटक पटक जेल समेत परेका थिए । उनले आफ्नो सम्पूर्ण जीवन नै पार्टीमा समर्पित गरेको दाबी गरेका छन् । उनले गएको स्थानीय तह निर्वाचनमा समेत बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुलाई जिताउन अहम भूमिका खेलेका थिए ।पार्टीले आफ्नो योगदानको उच्च मूल्यांकन गरेर टिकट देला भन्ने आशामा बसेका उनले टिकट अर्कैले पाएपछि एकाएक छांगाबाट खसेको अनुभूति भएको बताए । ‘जुन पार्टीका लागि भनेर पूरै जिवन समर्पण गरियो, त्यही पार्टीले आज योगदानको मूल्यांकन नै गर्दैन भने त्यही पार्टीमा बसिरहनु पर्छ जस्तो लागेन, त्यसैले पार्टी परित्याग गरेको घोषणा गरें । अब स्वतन्त्र उमेदवारी दिन्छु ।’, नेता यादवले भने ।नेता यादव अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । मातृका यादवसँग पनि उनको सामिप्यता रहेको बुझिन्छ । तर पनि उनले टिकट नपाउँदा उनलाई नजिकबाट चिन्ने नेता कार्यकर्ताहरु भने आश्चर्य चकित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय