२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

कौडेना : कौडेना गाउँपालिकामा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएका छन् । गाउँपालिकाको वडा नम्वर १ देखी ७ सम्मका ४५०(घरधुरी) गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो। गर्भवती तथा सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ। पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण सामाग्री वितरण गरिएको गा.पा प्रमुख रुपेश कुमारले बताए। वडाभित्र रहेका गर्भवती र २ वर्षभित्रका सुत्केरी महिलाहरुका लागि चना, रातो भटमास, सतुवा, आयोडिन नुन, पतंजलि को पौष्टिक अहार लगायतका पोषण सामाग्री वितरण गरिएको वार्ड नम्बर का ७ का वार्ड अध्यक्ष विजय प्रसाद यादवले बताएका छन् । गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख सुरेश यादवले बताए। गर्भवती जाँच गरी शुन्य होम डेलिभरी गाउँपालिका बनाउन तथा स्वास्थ्य समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रमले सहयोग गर्ने स्वास्थ्य शाखा प्रमुख सुरेश यादवको भनाई छ। बुधवार एक कार्यक्रमको आयोजना गरी हजार दिनका महिलाहरुका चना, रातो भटमास, सतुवा, आयोडिन नुन,पतंजलि को पौष्टिक अहार लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय