निरज यादव/
सर्लाही-सर्लाही जिल्लाको बसबरिया गा.पा.का नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले बुधबारका दिन पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् । बसबरिया गाउँपालिकाका नवनिर्वाचित गा.पा.अध्यक्ष रामसिहाँसन रायले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । उपा अध्यक्ष सरिता कुमारी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको हो ।बसबरिया गाउँपालिका स्थित स्वास्थ चौकी को प्रांगणमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञता सहदिहरुको समझनामा एम मिनेट मौना धारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बसबरिया गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश राय ले राख्नु भएको थियो ।भने पानसमा बति बालेर नवनिर्वाचित गा.पा.अध्यक्ष रायले कार्यक्रम उदघाटन गरेका थिए । सो स्वास्थ चौकीको प्रांगणमा आयोजित कार्यक्रमकामा गा.पा. अध्यक्ष रायले नवनिर्वाचित जनप्रतिनिधिहरू वडा नम्बर १ का वडाध्यक्ष सिबेन्द्र मोहन यादव ,वडा नम्बर २ का वडाध्यक्ष विन्देश्वर राय ,वडा नम्बर ३ का वडाध्यक्ष नन्दलाल महतो,वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र प्रसाद साह,वडा नम्बर ५ का वडाध्यक्ष रामचन्द्र राय,वडा नम्बर ६ का वडाध्यक्ष नागेन्द्र प्रसाद शाह लगायत लाई शपथ ग्रहण गराए । त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै नवनिर्वाचित गा.पा.अध्यक्ष रायले बसबरिया गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा पाल्नुभएका सम्पूर्णमा अभार प्रकट समेत गर्नु भयो । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा जनताले ज—जसलाइ रोजे,मतदान गरे,जुन जुन पार्टीलाइ रोज्नु भो,जुन व्यक्तीलाइ चाह्नु भयो । त्यही व्यक्तीहरु ,त्यही पार्टीका जनप्रतिनीधीहरु तपाइहरु सामु आज यस कार्यक्रममा उपस्थित भएका छन् । उनले भने हामी जुन सुकै पार्टी बाट जितेर आएपनि बसबरिया गाउँपालिकालाइ समृद्ध बनाउन सबै जना एक जुट हुनु पर्नेमा जोड दिनु भयो । बसबरिया गाउँपालिकाको विकासको बाटोमा बढाउन एउटै उदेश्यका साथ हामी अघि बढौं उहाले जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भयो । यसमा सबैको साथ सहयोग रह्नेमा आफू विश्वस्त समेत रहेको बताउनु भयो । गा.पा.अध्यक्ष राय ले जनतालाई केन्द्रमा राखेर कानुनमा रही काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनताले अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह समेत गरे ।

