२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादव /पालिका टुडे
सर्लाह -सर्लाही जिल्लाको सदरमुकाम देखि २८ कि. मि पश्चिममा रहेको रामनगर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरीएको छ । उक्त भवनको सोमबार एक समारोहका बीच प्रमुख अतिथि रामनगर गाउँपालिका का कार्यवाहक अध्यक्ष नितु देवी बाट उद्घाटन गरेका हुन् । उक्त प्रशासनिक भवनको निर्माण ब्राइट मल्टी कन्ट्रक्सनले झण्डै दुई करोड बतिस लाख लागत मा सुविधा सम्पन्न भवनको निर्माण गरेको प्रशासकीय प्रमुख कृष्ण कुमार यादव ले जानकारी दिएका छन् ।समुद्घाटन कार्यक्रममा कार्यवाहक अध्यक्ष नितु देवीले रामनगर गाउँपालिका बासीहरुमा सुभकामना दिदै रामनगर गाउँपालिका विकाशका पुर्वाधारमा फड्को मारीरहेको बताउँदै रामनगर गाउँपालिकालाई सम्पन्न बनाउँनका लागी आंतरिक लगानी कर्ताहरुलाई अभिप्रेरीत गर्नु पर्ने बताए । जस्का लागी लगानी कर्ताहरुलाई सहयोग र सुरक्षा दिए पश्चापत लगानी कर्ता लगानी गरेमा रोजगरीको शिर्जना हुने अध्यक्ष नितु देवीले बताए । ।समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा रामनगर गाउँपालिकाका कार्यवाहक अध्यक्ष नितु देवीले रामनगरको प्रशासनिक भवन निर्माण गर्दा निकै आरोह औरह पार गरी निर्माण गरेको बताए । अध्यक्ष देवीले स्थानीय सरकार आए सँगै रामनगर गाउँपालिकामा विकाश विरोधिहरुबाट विभिन्न बाधा अर्चन आए पनि आफु पुर्वाधारमा विकाशमा पछि नहटेको बताए । एक समयमा रामनगर गाउँपालिका भरी कुनै बाटो हिन्न नसकने अवस्था रहेको थियो तर हाल अहिले धेरै बाटोमा पी. सी. सी बाटो ढलान रही रामनगरको मुहार नै फेरीएको अध्यक्ष नितु देवीले बताए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नितु देवीले सबैको साथ र सहयोगले गर्दा नै गाउँपालिकाले आफनै मुख्य प्रशासनिक भवनको निर्माण गर्न सफल भएको बताए । र ठेकेदारले समयमा भवन निर्माण गरिदिएको ले उहाँ धन्यवादको पात्र समेत रहेको बताए ।सो कार्यक्रममा स्थानीय जन समुदाय का साथ सबै वडाका वडा अध्यक्ष ,गाउँपालिका का सम्पूर्ण कर्मचारी , पत्रकार लगायत को पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय