२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादब/पालिका टुडे
चक्रघटा -चक्रघटा गाँउपालिकाको आयोजनामा होली बिशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार भएको कार्यक्रममा प्रमुख अतिथि चक्रघटा गाँउपालिका का अध्यक्ष विक्रम यादवले होली पर्वको आफ्नै सांस्कृतिक महत्व रहेको बताउदै होलीमा विकृति नभई एक आपसमा रङ्ग साटासाट गरेर सद्भाव बांड्दै मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा बोल्दै चक्रघटा गाँउपालिका का अध्यक्ष विक्रम यादवले होली पर्वको आफै मा सांस्कृतिक मुल्य र मान्यता रहेको ले यसको सरक्षण समेत गर्नु आजको आवस्यकता रहेको बताउनुभयो । होलीमा आपसी सद्भाव बांड्दै रङ्गहरुमा रमाउदै हर्ष उल्लासका साथ मनाउनु पर्नेमा यादवले जोड दिनुभएको थियो । यादवले चक्रघटा गाँउपालिकाले थालनी गरेको होलिमिलन कार्यक्रमको निरन्तरताको अपेक्षा समेत गर्नु भयो । गाउँपालिका का प्रशासकीय प्रमुख लालबाबु शाहले होली मिलन कार्यक्रम लाई सम्बोधन गर्दै होलीमा नसालु पदार्थ सेवन गरी होली न खेल्न समेत सुझाव सुझाए । उक्त कार्यक्रममा चक्रघटा गाँउपालिकाको अध्यक्ष विक्रम यादव , गाउँपालिका प्रशासकीय प्रमुख लालबाबु शाह , गाउँपालिका का सम्पूर्ण क्रमचारी , गाउँपालिका जनप्रतिनिधि,सुरक्षा निकाय का प्रतिनिधि लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम चक्रघटा गाँउपालिका अध्यक्ष विक्रम यादवको अध्यक्षता, तथा गाउँपालिका का प्रशासकीय प्रमुख लालबाबु शाह को उपस्थितिमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय