२०८२ चैत्र ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

निरज यादव
नेपाली कांग्रेस सर्लाहीको सभापति मा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सिंहले अर्का उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८०मतले पराजित गरेका हुन् ।सिंहले १ हजार ७५८मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र प्राप्त गरे । सभापति उम्मेदवार सुरेन्द्र सिंह नेपाली कांग्रेस पार्टीका मधेश प्रदेश उपसभापति मन्त्री बिरेन्द्र प्रसाद सिंहका दाई समेत रहेका छन । नव निर्वाचित सभापति सुरेन्द्र सिंह आफ्नो जित समग्र नेपाली कांग्रेसको जित भएको भन्दै चुनावी प्रतिष्पर्धालाई बिर्सिएर सबैलाई एकढिक्का बनाएर सर्लाहिलाई नेपाली कांग्रेसको किल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं आउँदो स्थानिय तहको निर्वाचनमा जिल्लाको २० वटै पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा दिलो ज्यान दिएर लाग्न आग्रह समेत गरे ।

मतगणना परिणाम को अन्तीम नतिजा यस्तो रहेको छ ।
सभापतिका उम्मेद्वारद्वय :
सुरेन्द्र प्रसाद सिंह १७५८ – निर्वाचित
लक्ष्मण राय १३७८

उपसभापतिका उम्मेद्वारहरु :
डा. सरोज कुमार(राजु) १७६४- निर्वाचित
नविन अधिकारी १४९३ – निर्वाचित
रविनन्दन चौधरी(पप्पु) १३१४
शेख सदुल्लाह १४७४

सचिवका उम्मेद्वारहरु :
निरज कार्की १७२६ – निर्वाचित
नरेन्द्र भट्टराई १३९९
कृष्ण राज रायमाझी १४१२
मनोज कुमार यादव १४२६ – निर्वाचित

सह-सचिवका उम्मेद्वारहरु :
ईन्द्र बहादुर योन्जन १७११ – निर्वाचित
सुनिल कुमार कुशवाह १५७९ – निर्वाचित
सुर्य बहादुर खड्का १३६५
दिनेश मिश्र १२३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय