२०८२ चैत्र ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही,१४ फागुन , गोपाल सेवा समितीको सर्लाही जिल्ला समेलन तथा यादव समुदायका ज्येष्ठ नागरिकको समान्न कार्यक्रम सम्पन्न भएको छ ।सर्लाहीको बरहथवा नगरपालिका १३ बिनवाटोलमा शनिबार गोपाल सेवा समितिको जिल्ला समेलन तथा ज्येष्ठ नागरिक समान् कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा करिब २ सय यादव समुदायका ज्येष्ठ नागरिकहरुलाई दोसला र फुल मला लागाई समान गरिएका छन ।कार्यक्रममा बक्ताहरुले यादवको गढ मानिने जिल्ला मध्ये एक रहेको सर्लाहीको जिल्ला समेलनमा न्यून उपस्थितले दु:ख व्यक्त गरे । सर्लाहिको जुनसुकै ठाउँमा यादव समाजको बाक्लो बसाई रहे ता पनि यादवको हक ,हितका लागि आयोजन गरिएको जिल्ला समेलनमा न्यून उपस्थित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । बक्ताहरुले यादवहरु आफ्नो काममा उपस्थित नहुनु र अर्काको काममा सरिक हुन बानि परेको बताए । त्यसमा सुधार गर्नु अति आवस्यक रहेको धारणा राखेको थियो।कार्यक्रममा बिशिस्ट अथितिका रुपमा रहेका प्रदेश सभा सदस्य अशोक यादवले आफू यादव समुदायको सम्वर्दन र उत्थानका लागि हरदम तात्पर रहेको धारणा व्यक्त गरे । सदस्य यादवले भने अधिकान्श यादव समुदायका बालबालिकाहरुले पैसाको अभावमा उच्च शिक्षा ग्रहण गर्नबाट बन्चित रहेका छन ।त्यस बारे पनि हाम्रो ध्यान केन्द्रित रहेको र छिटै यस्ता यस्तै यादव समाजमा देखिएका समस्याहरु सवधानका लागि लागि परेको बताए ।त्यस्तै कार्यक्रममा उपस्थित नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा सर्लाही क्षेत्र न. ४ का युवा नेता राम बहादुर राय यादवले भने यादव समाज कै कथित ब्यक्तित्वका कारण यादव पछाडी परेको बताए । नेता यादवले भने अहिलेको अवस्थामा यादव आफनै बंशजलाई स्विकार्न तैयार छैन । यादवले यादवलाई नै आगाडी बढ्नबाट बन्चित राख्छ्न । यादवले अर्का यादवलाई सघाए मात्र यादव समुदायको उन्नति र प्रगति हुने छन ।त्यस्तै विभिन्न बक्ताहरुले यादवसमाजको उन्नति ,प्रगति र यादवहरुमा देखिएका कमि कमजोरी बारे अवगत गराए ।साथै सर्लाहिको केंद्र बिन्दुको रुपमा रहेको बरहथवामा यादव धर्मशाला निर्माणका लागि पनि चर्चा चुलियो ।सत्य नारायण यादवको अध्यक्षता र कृष्ण यादवको सभापतित्वमा सप्पन्न कार्यक्रममा , गोपाल सेवा समितिका केन्द्रिय अध्यक्ष सान्सद कौशल किशोर यादव , जसपा नेपालका मधेश प्रदेश सभापति तथा प्रदेश सभा सदस्य अशोक यादव एमाले मधेश प्रदेश कमिटी सदस्य राम बहादुर राय यादव , जयप्रकाश यादव , इलाका प्रहरी कार्यालय बरहथवाका DSP ओम प्रकाश यादव लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय