माघ १३ सर्लाही – सर्लाहिको गोडैता नगरपालिकाले सेवाग्राहीलाई खोप कार्ड र माक्स अनिवार्य लागू गरेको छ । बिश्वब्यापी रुपमा झन तेजिलो गतिमा फैलिरहेको कोरोना भाइरसको नया भेरियन्त ओमिक्रोन भाईरसलाई मध्य नजर गर्दै गोडैता नगरपालिकाले कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई भ्यक्सिन कार्ड र माक्स अनिवार्य रुपमा लागाएर आउन अपिल समेत गरेका छ्न ।यदि सेवाग्राही ले भ्यक्सिन कार्ड र माक्स अनिवार्य रुपमा लागाएर न आएमा सेवाग्राही हरुलाई नगरपालिकाले दिने सेबा सुबध समेत उपलबध न हुने कुरा स्वास्थ्य सयोजक प्रमोद पडितले बताए एता हाल मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ०६ हजार ५९१ पुगेको छ ।

