२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादव/पालिका टुडे
२० पुष, सर्लाही
गोडैता नगरपालिकाले नगर पालिका भित्रको विभिन्न सार्वजनिक ठाउमा सर्व साधारणलाइ आगो तापनको लागि दाउराको व्यवस्था गरेको छ । केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि चिसो छल्नको निमित नगरप्रमुख देबेन्द्र कुमार यादव ले दाउराको व्यवस्थापन गरेको हो । मुख्य सडक ,चौक सरकारी कार्यालय , लगायतका ठाउमा आगो तापनको लागि जलावनको व्यस्था गरिएको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।

गोडैतामा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाइ न्यानो हुनको लागि ठाउ ठाउँमा दाउरा व्यवस्थापन गरे पछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।मोटर साइकल चलाउनेलाइ चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवल बाल बालिकालाइ न्यानो लुगा लगाएर राख्न समेत देबेन्द्र कुमार यादव ले आग्रह गरेका छन् ।

बाल बालिका , बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव समेत रहेको छ । बर्षात पछि निरन्तर रुपमा चलि रहेको पछिया हावाको कारण बढेको चिसोले जनजीवन प्रभावित हुदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय