२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

रोल्पा– नेपाल सरकारका पूर्व राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनको पहलमा नेपाली काँग्रेस रोल्पाले रोल्पा अस्पतालमा कोभिड संक्रमितका लागि नि:शुल्क पौष्टिक आहार कार्यक्रम सुरु गरेको छ । नेपाली कांग्रेस रोल्पाकी प्रवक्ता कविता उपाध्यायको उपस्थितिमा आज कार्यक्रमको सुरुवात गरेको हो । कार्यक्रमको शुभाराम्भ गर्दै प्रवक्ता उपाध्यायले कोभिडका संक्रमितलाई केही भएपनि राहत होस् भन्ने अभिप्रायले कार्यक्रम सुरुवात गरेको बताउनु भयो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शब्भु काफ्लेले खाजा कार्यक्रमबाट बिरामीलाई प्रत्यक्ष लाभ हुने बताउदै खुशी ब्यक्त गर्नुभयो । संक्रमितका लागी बिहान साझ अस्पतालले नि:शुल्क खानाको व्यवस्थापन गरेपनी आर्थिक अवस्था कम्जोर हुने बिरामीका लागि पौष्टिक आहार व्यवस्थापनले थप मद्दत पुग्ने कांग्रेस रोल्पाले विश्वास लिएको छ । पूर्व राज्यमन्त्री एवम् सभापति पुनले कांग्रेसले आफ्नै खर्चमा कोभिड बिरामीहरूका पौष्टिक आहार कार्यक्रम सुरु गरेको बताउदै कोभिडको नियन्त्रण र व्यवस्थापनमा सबै तह तप्काका सरोकारवालाहरूलाई सहयोगको लागि हातेमालो गर्न अपिल गर्नु भएको छ । कोभिडले धेरैको दैनिकीमा जटिल समस्या ल्याएकोले आर्थिक कम्जोर भएका संक्रमितहरूको नि: शुल्क उपचारको प्रवन्ध गरि सम्पूर्ण नागरिकका लागि कोभिड खोप यथाशीघ्र व्यवस्थापन गर्न सरकारसँग माग पनि गर्नु भएको छ ।
विश्वब्यापी महामारीबाट देशले स्वाथ्य संकट खेपिरहेको र यो समस्या सबैको साझा समस्या भएको हुँदा सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा पुनको जोड छ । अस्पतालका निमित्त प्रमुख डा. प्रकाश बुढाले रोल्पामा नयाँ कार्यक्रमको सुरुवात गरेकोमा धन्यवाद दिदै कार्यक्रमको दिगोपनमा ध्यान दिन अनुरोध गर्नु भएको छ । दैनिक फरक फरक किसिमको पौष्टिक आहारको व्यवस्थापन गरिएको जनाइएको छ । नेविसंघ रोल्पाका नेता योगेन्द्र अनुपम जि.सी. सहजीकरणमा भएको कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सदस्य एवम् अधिवक्ता दामु मर्सिफूल, अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगी, तरुण दलका नेता तिलक केसी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय