२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

जुनिस कुमार बिष्ट
पोबाङ, रोल्पा १९ जेठ
ग्रामीण बिकास तथा चेतना समाज ( रुदास) नेपालद्वारा सुनछहरी गाउँपालिकालाई कोरोना भाइरस रोकथामको लागि आधारभूत स्वास्थ्य सम्बन्धि सहयोग सामाग्रीहरु हस्तान्तरण गरेको छ।
सुनछहरी गाउँपालिकाको कार्यालयमा गाउँपालिका उपाध्यक्ष पबित्रा घर्ती र प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनलाई संस्थाका प्रतिनिधि एवं पालिका पोषण सहजकर्ता निराज पुनले सामाग्री हस्तान्तर गरेको बताए।

महिला स्वास्थ्य स्वयंसेवीकाहरुले घरभेट परामर्श गर्दा तथा स्वास्थ्य संस्थामा जादा प्रयोग गर्नको लागी मास्क प्रति ब्यक्ति ५० वटा र स्वास्थ्य संस्थाका कर्मचारीहरुलाइ प्रति ब्यक्ति ५० वटा नै पुग्ने गरि ५ हजार १ सय ५० वटा मास्क र एक सय मिलिको गाउँपालिका भरिका ५३ वटा महिला स्वयंसेवीकाहरुको लागि ५३ वटा सेनिटाजर र गाउँपालिका भरिका ६ वटा स्वास्थ्य संस्थाको लागि ५ सय मिलिको ६ वटा सेनिटाइजर हस्तान्तरण गरिएको सहजकर्ता पुनले बताए।
साथै गाउँपालिका स्वास्थ्य शाखाको लागि ४ सेट पिपिई पनि हस्तान्तरण गरिएको सहजकर्ता पुनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय