२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

रोल्पा,जलजला बहुमुखी क्याम्पसस्थित साझा विद्यार्थी मन्चले विभिन्न कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाएको छ ।
मन्चले नेपालमा सहिदहरूको सम्मान विषयक क्याम्पस स्तरीय खुल्ला वक्तित्वकला र खुल्ला महिला,पुरुष व्याडमिन्टन प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो । साझा विद्यार्थी मन्च जलजला बहुमुखी क्याम्पस रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसीको अध्यक्षता एवम् जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विष्णु आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको वक्तित्वकला प्रतियोगितामा आठ जना, पुरुषतर्फको खुला व्याडमिन्टन प्रतियोगितामा सात समूह र महिलातर्फको व्याडमिन्टन प्रतियोगितामा पाँच समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।वक्तिवकला प्रतियोगिताको निर्णयकमा कृष्ण प्रसाद न्यौपाने, दिपेन्द्र शर्मा र प्रेमप्रकाश आचार्य रहनु भएको थियो भने समिक्षकमा अतिरिक्त क्रियाकलापका संयोजक दामु मर्शिफूल रहनु भएको थियो । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई आगामी शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने मन्चका सचिब झुपलाल डाँगीले जानकारी दिनु भएको छ । मन्चकी सहसचिव उर्मिला घर्तीमगरको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको संचालन मन्चका प्रवक्ता विष्णु बगर माझीले गर्नु भएको थियो ।
साथै मञ्चको आयोजनामा दश वर्ष सशस्त्र द्वन्द्वको समयमा राज्य र विद्राही पक्षबाट मारिएका ९६९ जना र ३३ जना वेपत्ता पारिएका व्यक्तिहरुको स्मृतिमा बनाएको शान्ति स्मारकमा सोही दिन साझ दीप प्रज्वलन गरी समेत गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माको प्रमुख अतिथ्यतामा मञ्चले दीप प्रज्वलन गरेको हो । प्रमसख अतिथि विश्वकर्माले राज्य व्यवस्था परिवर्तनमा जीवन वलिदान गर्नु हुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गहरुको सु–स्वास्थ्यको कामना व्यक्त गर्नुभयो । राज्य व्यवस्था परिवर्तनका लागि विभिन्न आन्दोलनहरुमा वेपत्ता पारिएकाको अनुसन्धान गरी अवस्था सार्वजनिक गर्नुपर्ने राज्य दायित्व अझै पनि पूरा नगरेको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको योगदानबाट नै हामी आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्थामा आएको बताउनुभयो । महान शहीदहरुको बलिदान र आम नेपाली नागरिकको योगदानबाट परिवर्तनका उपलब्धिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा संस्थागत गर्दै कार्यन्वयनको चरमा नै संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन भएकोले अब संविधानको रक्षका लागि नेपाली नागरिकको काँधमा जिम्मेवारी आएको बताउनुभयो । मञ्चको अध्यक्ष योगेन्द्र अनुपम जि.सी.ले दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय