२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोड़ैताको आयोजनामा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको उक्त संस्थाद्वारा आयोजित कार्यक्रम समूह नं. १३ की अध्यक्ष गौरा कुमारी साहको अध्यक्षता तथा देवेन्द्र कुमार यादव को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका प्रतिनिधि तथा अनुगमन अधिकृत बालिष्टर यादव को विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा गोड़ैता शाखाका शाखा प्रबन्धक उपेन्द्र यादव ले स्वागत मन्तव्य व्यक्त गर्दै शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। आयोजकका अनुसार कार्यक्रममा करिब १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता,बचतको महत्व,ऋणको सही सदुपयोग, उद्यमशीलता विकास तथा समूह सुदृढीकरण सम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै, वित्तीय अनुशासन, नियमित बचत तथा समयमै किस्ता भुक्तानीको महत्वबारे समेत जानकारी गराइएको थियो।कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्य तथा समूहहरूलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गरिएको थियो। अनुशासित सदस्य, नियमित किस्ता भुक्तानी तथा व्यवस्थित समूह बैठक सञ्चालनका आधारमा समूह नं.१०१ की लक्ष्मीनिया देवी प्रथम, समूह नं.९६ द्वितीय तथा समूह नं.१२२ की किरण देवी तृतीय घोषित भई सम्मानित भएका थिए।त्यसैगरी,उत्कृष्ट उद्यमीको रूपमा समूह नं.४६ की राम दुलारी तथा उत्कृष्ट बचतकर्ताको रूपमा समूह नं. १३ की गौरा कुमारी साहलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।प्रमुख अतिथि मेयर देवेन्द्र कुमार यादवले वित्तीय पहुँच विस्तार, बचत संस्कृतिको विकास तथा महिला सशक्तीकरणमा लघुवित्त संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै समुदायको आर्थिक विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय