२०८३ जेष्ठ २२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र |

बसबरिया — बसबरिया गाउँपालिका अध्यक्ष रामसिंहासन रायको नेतृत्वमा पालिका मातहतका विभिन्न शाखा तथा कार्यालयहरूको छड्के अनुगमन सम्पन्न भएको छ। अनुगमन टोलीले गाउँपालिकाको मुख्य कार्यालयसहित स्वास्थ्य, शिक्षा, योजना, प्रशासन तथा अन्य सेवा प्रदान गर्ने शाखाहरूमा पुगेर सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेको थियो। सो क्रममा सेवाग्राहीको उपस्थिति, कर्मचारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन, समयपालन तथा कार्यशैलीबारे सूक्ष्म अध्ययन गरिएको थियो।अनुगमनका क्रममा अध्यक्षज्यूले कर्मचारी तथा जनप्रतिनिधिहरूलाई सुशासनका मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न कडा निर्देशन दिनुभयो। उहाँले जनताले अपेक्षा गरेको छिटो, सरल र गुणस्तरीय सेवा प्रदान गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको उल्लेख गर्दै ढिलासुस्ती, लापरबाही तथा गैरजिम्मेवार व्यवहारप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट पार्नुभयो।“जनताले हामीलाई विश्वास गरेर जिम्मेवारी सुम्पेका छन्। त्यसैले उनीहरूको कामलाई प्राथमिकतामा राख्दै छिटो–छरितो सेवा दिनु हाम्रो कर्तव्य हो,” गाउँपालिका अध्यक्षले भन्नुभयो। उहाँले सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई सहज वातावरणमा सेवा उपलब्ध गराउन कर्मचारीहरूलाई सचेत गराउनुभयो।अनुगमनका क्रममा केही शाखाहरूमा देखिएका कमजोरीहरूप्रति अध्यक्षज्यूले तत्काल सुधार गर्न निर्देशन दिनुभयो। कतिपय कार्यालयहरूमा अभिलेख व्यवस्थापनमा कमजोरी, सेवा प्रवाहमा ढिलासुस्ती तथा समन्वय अभाव देखिएको भन्दै उहाँले यस्ता त्रुटिहरू आगामी दिनमा नदोहोरिने गरी सुधारात्मक कदम चाल्न आग्रह गर्नुभयो। कर्मचारीहरूको उपस्थिति र समयपालनमा विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो। केही स्थानमा समयमै कार्यालय नखुल्ने, कर्मचारीहरू ढिलो आउने वा सेवाग्राहीको कामलाई प्राथमिकता नदिने जस्ता गुनासाहरू आएको उल्लेख गर्दै उहाँले यस्ता व्यवहार सुधार गर्न चेतावनी समेत दिनुभयो। “कार्यालय समयभित्र सेवाग्राहीको काम सक्नुपर्छ, ढिलाइ कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उहाँले स्पष्ट पार्नुभयो।यसका साथै गाउँपालिका अध्यक्षले पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन सूचना प्रवाह प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय