२०८२ चैत्र २३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही। सर्लाही जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबार एक दिनका लागि अदालतको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गर्ने निर्णय गरेका छन्।अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार, हत्या जस्तो जघन्य घटनाप्रति आपत्ति जनाउँदै तथा दोषीमाथि कडा कारबाहीको मागसहित न्यायिक सेवा स्थगित गरिएको हो।मलंगवा नगरपालिका–१० स्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर यादवलाई आइतबार साँझ करिब ८ बजे अज्ञात समूहले डेराबाट बाहिर बोलाई गोली प्रहार गरी हत्या गरेको थियो। उक्त घटनाप्रति अदालत कर्मचारीहरूले घोर भर्त्सना जनाएका छन्।जिल्ला अदालतका कर्मचारीहरूले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।कर्मचारीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा कर्मचारी र कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।अदालत कर्मचारीद्वारा जारी विज्ञप्तिमा २०८२ फागुन ४ गते एक दिनका लागि सर्लाही जिल्ला अदालतबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ। सेवा स्थगनबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कर्मचारीहरूले क्षमायाचना समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय