२०८३ बैशाख २७ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण |

सर्लाही। गोडैता नगरपालिका–१२, मधुवनीमा रहेका ५२ जना गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण गरिएको छ। वडाभित्र सुरक्षित मातृत्व र पोषणस्तर सुधार गर्ने उद्देश्यसहित वडा अध्यक्ष केशव कुमारले आफ्नै व्यक्तिगत खर्चमा उक्त सहयोग प्रदान गरेका हुन्। सोमबार आयोजित कार्यक्रममा प्रति गर्भवती ६८० रुपैयाँका दरले कुल ३४ हजार रुपैयाँ बराबरको प्रोटिन सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष कुमारका अनुसार गर्भवती महिलाको पोषण अवस्था कमजोर भएमा आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसैले स्थानीय तहका नियमित कार्यक्रमसँगै व्यक्तिगत रूपमा पनि समाजप्रति उत्तरदायित्व पूरा गर्न आवश्यक रहेको उनले बताए। “समुदायको स्वास्थ्य सुधारका लागि सामूहिक प्रयाससँगै व्यक्तिगत पहल पनि जरुरी हुन्छ,” अध्यक्ष कुमारले भने।कार्यक्रममा सहभागी गर्भवती महिलाहरूले प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले दैनिक खाद्य व्यवस्थापनमा चुनौती हुने समयमा प्रोटिनयुक्त सामग्री पाउँदा ठूलो राहत भएको प्रतिक्रिया दिएका छन्। स्थानीय जनप्रतिनिधिबाट प्रत्यक्ष रूपमा सहयोग पाउनु उत्साहजनक रहेको उनीहरूको भनाइ थियो।स्थानीयवासीहरूले पनि वडा अध्यक्षको यस कदमलाई सकारात्मक र प्रेरणादायक पहल भन्दै प्रशंसा गरेका छन्। गर्भवती तथा नवजात शिशुको स्वास्थ्य जस्तो संवेदनशील विषयमा गरिएको सहयोगले समुदायमा स्वास्थ्य चेतना बढ्न मद्दत गर्ने उनीहरूको अभिमत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय