२०८३ बैशाख २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक |

सर्लाही-बसबरिया, ०२ पुस – साउनदेखि तलब नपाएपछि जिल्लाको दक्षिण पश्चिम भेगस्थित बसबरिया गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।तलब माग गर्दै उनीहरु आजदेखि गाउँपालिका कार्यालयमा अनिश्चितकालिन धर्नामा बसेका हुन् । बसबरिया गाउँपालिकामा चालू आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेसम्म पारित हुन सकेको छैन् ।यहाँ जनप्रतिनिधिबिच सहमती जुट्न नसक्दा बजेट पारित हुन नसकेको हो । गएको असारमा नै गाउँसभाको उद्घाटन सत्र प्रारम्भ भएको थियो ।बजेट बाँडफाँडसम्वन्धी निर्णय गर्न बन्दसत्रमा सहमती जुट्न नसक्दा समस्या उत्पन्न भएको हो । बसबरिया गाउँपालिका–१, मानपुरमा रहेको त्रिुभवन माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकिशोर रायले छ महिनासम्म तलब नपाउँदा घर, व्यवहार चलाउनै मुस्किल परेको गुनासो गरेका छन् । गाउँपालिकामा केही साताअघि हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर थापाले बजेट पारित गराउन जनप्रतिनिधिबिच निरन्तर समन्वय गरिरहे पनि सहमती जुट्न सकेको छैन् । गएको भदौमा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले गाउँसभाको बन्द सत्र गरेर बजेट पारित गर्ने प्रयास गरेका थिए तर उपाध्यक्ष सरिता कुमारी गाउँपालिका अध्यक्ष रायविरुद्ध उच्च अदालत जनकपुरमा निवेदन लिएर गईन् । उच्च अदालत जनकपुरले गाउँपालिका उपाध्यक्षको सहभागिताबिना बजेट, योजना र राजस्व प्रस्ताव सम्वन्धी कार्य नगर्न आदेश दिएको थियो । अदालतले मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै पनि निर्णय वा कार्य नगर्नु भनी आदेश दिएपछि आफूले केही गर्नै नसकेको गाउँपालिका अध्यक्ष रायको भनाइ छ ।आफूसँग गाउँ कार्यपालिकामा स्पष्ट बहुमत भए पनि बहुमतको आधारमा बजेट पारित गर्ने मनस्थितिमा नरहेको बताए। “कसको अवरोधका कारण बजेट नआएको भन्ने कुरा सबैले बुझेकै छन्,” अहिले काठमाडौंमा रहेका गाउँपालिका अध्यक्ष रायले भने, “बहुमतको आधारमा बजेट पारित गराउन त सक्थेँ तर फेरि अर्को मुद्दाको तनाव किन बोक्नु भनेर चुप लागेरै बसिरहेको छु ।”गाउँपालिका उपाध्यक्षले दायर गरेको मुद्दामा पुस २२ गते पेशी छ । गाउँपालिका उपाध्यक्षलाई सहमतीमा ल्याउन आफू र भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतले निकै प्रयास गरे पनि उपाध्यक्ष अरुको इसारामा हिँडिरहेकाले समस्या परेको अध्यक्ष रायको आरोप छ ।उपाध्यक्ष सरिता कुमारीले भने संविधानले दिएको काम, कर्तव्य र अधिकारीसमेत आफूलाई प्रदान नगरिएको गुनासो गरेकी छन् । काठमाडौंबाट घर फर्किदै गरेकी उनले आफू संयोजक रहेको समितिको बैठक नै बस्न नदिइएको टेलिफोनमा गुनासो गरेकी छन् ।cp ujyaaloabhiyan

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय