२०८३ बैशाख २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक |

सर्लाही । सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा धान भित्र्याउने चटारोसँगै किसानहरूले सडक पेटी तथा बाटोमै धान थुपार्न थालेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ। ग्रामीण भेगका हुलाकी तथा गाउँका सडकमा धान राख्ने, थ्रेसर लगाएर दाइँ गर्ने कार्य बढ्दा दैनिक आवागमन प्रभावित भएको स्थानीयवासीको गुनासो छ।कौडेना गाउँपालिका वडा नम्बर ३ का स्थानीय गणेश साहका अनुसार मुख्य सडकभन्दा बढी ग्रामीण सडकमा धान थुपारिँदा मोटरसाइकल चालक र पैदल यात्रु जोखिममा परेका छन्। सडकमै थ्रेसर चलाउँदा उड्ने धुलो आँखामा परेर हिँड्नै गाह्रो हुने गरेको उनले बताए।कौडेना गाउँपालिका, गोडैता नगरपालिका,बसबरिया गाउँपालिका, बलरा नगरपालिका लगायतका क्षेत्रमा किसानले बाटोमै धान, पराल थुपार्ने र दाइँ गर्ने गर्दा आवागमनमा समस्या सिर्जना भएको बटुवाहरूले बताएका छन्। ढलान भएका गाउँका सडकमा गुड्ने सवारीसाधनले अगाडि धान थुपारिएको थाहा नपाउँदा दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ।चेतनाको कमीका कारण बाटोमै धान राख्ने र थ्रेसर चलाउने कार्य भइरहेको कौडेना निवासी राजेस चौधरीले बताए। उनले सडकमा धान दाइँ गर्ने क्रममा विद्युतको तारमा ठोक्किएर सर्ट भई आगलागीको जोखिम समेत बढेको बताए ।स्थानीयवासीहरूले सडक सुरक्षालाई ध्यानमा राखी सडकमै धान थुपार्ने र थ्रेसर चलाउने कार्य रोक्न तथा जनचेतना अभिवृद्धि गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय