२०८३ बैशाख २६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण |

सर्लाही-गोड़ैता नगरपालिकामा उखुको खेतमा आगलागी हुँदा करोडौं रुपियाँको उखु क्षति भएको छ । काटेर चिनी मिललाई बिक्री गर्ने बेला उखु जलेपछि किसानमा रुवावासी चलेको छ।गोड़ैता –४ रोहुवामा मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले रोहुवाका किसानको खेतमा काट्न तयार भएको ५०/६० बिघाकै उखु जलेर नष्ट भएको गोड़ैता नगरपालिका का नगर प्रमुख देबेन्द्र कुमार यादब ले बताउनुभयो ।यादव अनुसार सोमवार दिउँसो करिब १ बजे मुना चौधरीको खेतबाट सुरु भएको आगलागीले रोहुवा-४ का मनोज गुप्ता , त्रिलोकी महतो,बिनोद महतो,लग्यात बेल्बा जब्दी-२ का संजीत कुमार ठाकुर,मुना ठाकुरका दुई /दुई बिघामा लगाइएको उखु जलेर नष्ट भएको हो । आगलागीले करिब ३ करोड़को नोक्सान भएको गोड़ैता नगरपालिका का नगर प्रमुख देबेन्द्र कुमार यादबले बताउनुभयोे । करिव दुई हजारजति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको बरहथवा नगरपालिका एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर र उखु काटेर नो फायर लाइन बनाएपछि करिव ४ घण्टा पछी आगलागी नियन्त्रणमा
आएको स्थानीय राजु यादव ले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय