२०८३ श्रावण १८ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

कौडेना -कौडेना गाउँपालिका वडा नं. ६ र ७ मा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।सक्रौलका समाज सेबी युवाहरू को आयोजनामा शिविर सम्पन्न भएको हो ।शिविरमा १९२ भन्दा बढीले आँखाको जाँच गराएको को सामाजिक अभियान्ता युवा रवि शंकर यादवले जानकारी दिनुभयो । शिविरका लागि इण्डो नेपाल आँखा अस्पताल ले प्राविधिक सहयोग गरेको थियो ।शिविरमा स्क्रिनिङ गरिनुका साथै आवश्यक परेकालाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो ।सामाजिक अभियान्ता रबीन महतोका अनुसार शिविरले आँखाका बिरामीको ‘स्क्रिनिङ’ भएको र मोतियाविन्दुको समस्या भएकालाई थप उपचार गरिने बताउनुभयो । शिविरमा मोतियाविन्दुको समस्या भएका थुप्रै बिरामी आएको र त्यसमध्ये ५२ जनाको अपरेशन नै गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । ‘हामी उहाँहरूलाई इण्डो नेपाल आखा अस्पताल सँग मिलेर ४०% छुट मा उपचार गर्छौँ’, उहाँले भन्नुभयो, ‘एक महिनाभित्र उहाँहरूको अपरेशन गर्नलाई समय निश्चित गर्छौँ ।’सामाजिक अभियान्ता सुशील यादवले कसैको पनि दृष्टि नगुमोस् भनेर विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । त्यसैअनुरूप कौडेना गाउँपालिकाको वडा नं. ६,७ का स्थानीयलाई लक्ष्य गरी शिविर आयोजना गरिएको यादवले जानकारी दिनुभयो ।शिविरबाट राम्रो लाभ लिएको आँखा जचाउन आउनुभएका फेकन रायले बताउनुभयो ।‘एक–दुई महिनादेखि आँखा पोल्ने, चिलाउने भइरहेको थियो’उहाँले भन्नुभयो, ‘यहाँदेखि अस्पताल आउजाउ खर्च,समय बच्यो यहीँ जचाउन पाएँ । अब ढुक्क भएँ ।’वडावासीले शिविरबाट राम्रो लाभ लिएको वडाध्यक्ष उमेश यादव ले बताउनुभयो । उहाँले अन्य किसिमका स्वास्थ्य शिविर कार्यक्रम कसैले लिएर आए आफूले सधैँ सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।‘यस्ता शिविर अरू रोगका लागि पनि आवश्यक छ उहाँले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय