२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्यसमिति सर्लाहीले विभिन्न माग समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवका अनुसार मुलुक भित्र देखिएका समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको हो। उहाँले पार्टीकाे केन्द्रित निर्देशन अनुसार देशै भरीका जिल्लाहरूबाट एकै पटक पार्टीले उठाएका मागहरू तत्काल सम्बोधनका लागि ज्ञापन पत्र बुझाएकाे बताउनु भयाे ।यादवले भन्नुभयाे, “स्थानिय स्तरमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरू बारम्बार पार्टीले उठाउँदै आएकाे छ । तर समाधान नआएपछि प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउन बाध्य भयौँ।”जसपा नेपाल सर्लाहीले विशेषगरी जनतासँग प्रत्यक्ष सराेकार राख्ने जस्तै बढ्दो महँगी, सीमा क्षेत्रका समस्या, जनसेवामा देखिएको ढिलासुस्ती तथा स्थानीय प्रशासनसँग समन्वय अभावजस्ता विषयमा तत्काल कदम चाल्न आग्रह गरेको छ।ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी , केन्द्रीय सदस्य सुधिर यादव , सुनैना चाैधरी कविलासी नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव ,बसवरिया गाउँ पालिकाका अध्यक्ष राम सिहासन राय लगायतका स्थानीय नेताहरूको उपस्थिति थियो।(cp)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय