२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

नीरज यादव / कौडेना कार्तिक २१—सर्लाहीको कौडेना गाँउपालिकामा स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०८१/०८२ को स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठीको सम्पन्न भएको हो ।गोष्ठी उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष रूपेश कुमार (बब्बलू)ले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । गाँउपालिका अध्यक्ष रूपेश कुमार ले विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गरेको भन्दै स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिएका हुन् । सो गोष्ठी मार्फत ७ वटै वडाबाट आन्तरिक मुल्यांकनको आधारमा उत्कृष्ट भएर छानिएका तीनवटा वडा स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ । कौडेना गाँउपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद ठाकुर अनुसार सम्मानितहुनेमा क्रमश : प्रथम स्वास्थ चौकी फुलपरासी,समुदाईक अस्पताल, द्वितीय स्वास्थ चौकी कौडेना, तृतीय स्वास्थ चौकी सक्रौल रहेका छन् । स्वास्थ्य चौकी प्रमुखहरुलाई विशिष्ट अतिथि गा.पा उपा-अध्यक्ष नगीना देबीले दोसला सहित कदरपत्रद्वारा सम्मानित गरेका थिए ।गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई जिल्लाकै नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाँउपालिका अध्यक्ष रूपेश कुमारको अध्यक्षता तथा विशिष्ट अतिथि गा.पा उपा-अध्यक्ष नगीना देबी र प्रमुख प्रशासकीय अधिकृत डॉ सोनेलाल साह आतिथ्यतामा बुधवारबाट सुरुभएको उक्त गोष्ठी बीहीवार सम्पन्न भएको थियो । गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ७ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले आ-आफ्नो वडामा भए गरेको स्वास्थ्य सेवा र त्यसको प्रगति विवरण प्रस्तुत गरेका थिए। कौडेना गाँउपालिका कार्यालयको सभाहलमा सम्पन्न भएको समीक्षा गोष्ठीमा विशिष्ट अतिथि गा.पा उपा-अध्यक्ष नगीना देबी,तथ्याङ्क अधिकृत लालबाबु राय लगायत १ नम्बर वार्ड देखी ७ नम्बर वार्डका वार्ड अध्यक्ष तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय