२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही, कात्तिक – २० गते । सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर बजार नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ करिब सवा ६ बजे सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलु–प्याज लोड गरेको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए । उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा साँझ करिब ७ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहारको निधार, दाहिने कुहिनो र तिघ्रामा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ट्र्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई प्रहरी टोलीले उद्धार गरी तत्काल अस्पताल पु¥याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय