२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही । धान भित्र्याउने मुख्य समयमा परेको अविरल वर्षाले सर्लाहीका किसान चिन्तित बनेका छन् । तिहार तथा छठ सकिएलगत्तै धान काट्ने र भित्र्याउने तयारी गरेका किसानलाई बिहीबारदेखि परेको वर्षाले समस्या भएको हो ।काटेर खेतमै सुकाइराखेको धानको पाँजा र काट्न ठिक्क भएको धान समेत खेतमै भिजेको छ । धान काट्ने बेलामा वर्षाको सङ्केत नदेखिए पनि सुकाउने क्रममा पानी परेपछि किसानले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।धान भिजेपछि गुणस्तरमा कमी आउने र उत्पादन घट्ने डरले किसानलाई सताएको छ । खेतमा पाकिसकेको धान ढल्न थालेको र केही ठाउँमा खेतमै उम्रिन सुरु गरेको किसानहरूको भनाइ छ ।वर्षाले सर्लाहीका सबै स्थानीय तहमा धान भित्र्याउने काम प्रभावित भएको कृषि ज्ञान केन्द्रका सर्लाहीले जानकारी दिइएको छ । जिल्लामा यस वर्ष करिब ४४ हजार ५०० हेक्टरमा धान खेती गरिएकोमा ९० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ भएको थियो ।तर, मधेश प्रदेशका अन्य जिल्लामा भने खडेरीका कारण यो वर्ष करिब ८२ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालयका अधिकारीहरूले जनाएका छन् ।CP CIN (prakas Mainali)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय