२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही, कौडेना – सर्लाहीको कौडेना गाउँपालिकाले शनिबार राति आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत वितरण सुरु गरेको छ। शनिबार राति लखनदेही नदीमा आएको आकस्मिक बाढीका कारण गाउँपालिकाका वडा नम्बर ५ र ७ का करिब ३ सय घरधुरी डुवानमा परेका थिए। नदीमा आएको बाढीले घर, गोठ, अन्नपात, र दैनिक प्रयोगका सामानहरू नष्ट गरेको छ। धेरै परिवारहरू सुरक्षित स्थानमा विस्थापित भएका छन् भने खेतबारीमा लगाइएका बालीहरू पूर्ण रूपमा नष्ट भएका छन्। बाढीपछि गाउँपालिकाले तत्काल राहत वितरणको पहल गर्दै आइतबारदेखि प्रभावित परिवारहरूलाई सहयोग पु-याउन सुरु गरेको हो। गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) को पहलमा प्रत्येक परिवारलाई प्रारम्भिक राहतका रूपमा ५ केजी चुरा, ४ वटा बिस्कुट,४ वटा चाउचाउ , १ बोतल पिउने पानी र २५० ग्राम दालबुट वितरण गरिएको छ। अध्यक्ष यादवले भने, “हामीले तत्काल राहत वितरण सुरु गरेका छौँ, कसैलाई पनि बिचमा नछोडी सबै प्रभावित परिवारसम्म पुग्नेछौँ।”यसैबीच गाउँपालिकाले बाढी प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गर्न र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष टोली गठन गरेको छ। सो टोलीले बाढीले क्षति पुर्‍याएका क्षेत्रहरूको स्थलगत अनुगमन गर्दै थप आवश्यक सहयोगका सामग्रीहरू पहिचान गर्ने काम गरिरहेको छ।अध्यक्ष रूपेश कुमारका अनुसार, तत्काल राहत वितरणपछि प्रभावित परिवारहरूको पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि पालिकाले योजना तयार पार्दैछ। उनले स्थानीय बासिन्दालाई धैर्य राख्न आग्रह गर्दै सम्भव सबै स्रोत परिचालन गरी सहयोग पुर्‍याइने बताए। स्थानीय बासिन्दाहरूले पालिकाको तत्परता र सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनीहरूले बाढीको जोखिम कम गर्न भविष्यमा नदी किनारमा तटबन्ध मर्मत र सुदृढीकरणका कामलाई समेत प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय