मलंगवा, २० असोज – सर्लाहीको कौडेना गाउँपालिका-३ पर्साटाेलादेखि केहि पश्चिम लखन्देही खोलाले बगाएकाे हुलाकी राजमार्ग यात्रा गर्नका लागि सर्बसाधारणले शुल्क तिर्न बाध्य भएका छन् ।शनिबार राती बाढीले करिव १५० मिटर सडक बगाएपछि पूर्व-पश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको छ । लखन्देहीकाे भेल बगिरहेकाे हुलाकी राजमार्गकाे छेउबाट साेमबार बिहानबाट स्थानीय केही युवाहरुले बाँस र पटाकाे लच्का बनाएर माेटरसाइकल, साइकल र मान्छे वारपार गर्ने व्यवस्था मिलाएका हुन् । उनिहरुले प्रति माेटरसाइकल १०० रुपैंया, साइकलकाे २० रुपैंया र एकजना मान्छेकाे १० रुपैंया शुल्क लिने गरेका छन् ।गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाक स्थानीयहरु सदरमुकाम मलंगवा आउजाउ गर्ने मुख्य बाटाे हुलाकी राजमार्ग नै हाेफुलपरासीस्थित लखन्देही खाेलामा पक्की पुल नहुँदा निकै वर्षअघि पनि हरेक वर्षायाममा सर्बसाधारणहरु यसैगरि स्थानीय युवकलाई शुल्क तिरेर आउजाउ गर्न बाध्य थिए ।cp ujyaaloabhiyan

