२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

गोडैता भदौ ६ गते -गोडैता नगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ ।शुक्रवार आयोजित एक कार्यक्रममा गोडैता नगरपालिका–९ बकैनिया स्थित निर्माण सम्पन्न उक्त भवन गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवलाई हस्तान्तरण गरिएको हो ।ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना,आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको हो । भवनमा अपाङ्गमैत्री संरचना, प्रयोगशाला, तालिम हललगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समेटिएका छन् ।भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरिने बताउनुभएको छ । “यसको प्रयोगले नगरका किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ,” यादवले भन्नुभयो, “ग्रामीण क्षेत्रको आर्थिक समृद्धि र कृषकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको यो भवनबाट सेवा प्रवाह अझ प्रभावकारी हुनेछ ।”उहाँले सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आएसँगै कृषकहरूलाई बाहिर उपचार वा परीक्षणका लागि धाउन नपर्ने बताउनुभयो ।सो अवसरमा वडा नम्बर ९ का वडाध्यक्ष दसै सहनी ले भवनले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मद्दत पुग्ने उल्लेख गर्नुभयो ।“यस क्षेत्रका अधिकांश जनता कृषि व्यवसायमा आवद्ध छन् । आधुनिक प्रविधि प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न यो भवन महत्वपूर्ण आधार बन्नेछ,” उहाँले भन्नुभयो ।त्यस्तै, वडा नम्बर ८ का वडाध्यक्ष बिनेस दासले कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको गोडैतामा यो भवनले किसानहरूको जीवनस्तर उकास्न र आयवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना,आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले भवनमा तालिम हल,माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याबलगायत सम्पूर्ण सुविधा समेटिएको जानकारी दिनुभयो ।गत वर्ष असार महिनामा नगरप्रमुख यादवले शिलान्यास गर्नुभएको उक्त भवनको निर्माण कार्य करिब एक वर्षको अन्तरालमै सम्पन्न गरी हस्तान्तरण समेत गरिएको छ भने निर्माणको जिम्मेवारी विजय सिर्जना भगत ग्रुप जेभीले पाएको थियो ।भवन हस्तान्तरण कार्यक्रममा उपस्थित स्थानीय कृषकहरुले भवन सञ्चालनले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय