२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |
  • लिबाङ, रोल्पा
    वि.पि. कोइराला युवा नेत्तृत्व विकास मञ्च रोल्पाले आज रोल्पाको लिबाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवं लोकतान्त्रिक आन्दोलनका महामानव वि.पि. कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको शुरुवातमा विपी कोइराला युवा नेतृत्व विकास मञ्चको रोल्पा जिल्ला समितिको मनोनित १३ सदस्यीय पदाधीकारी एवं सदस्यहरुलाई सार्वजनिक गरेको थियो । उक्त पदाधीकारीहरुमा उपाध्यक्ष मा सुुनिल कुमार वली र लालकुमारी वली, सचिवमा रोल्पा गिरिराज थापा र तिला नेपाली रहनुुभएको छ । त्यसै गरि कोषाध्यक्षमा योगेन्द्र अनुुपम जिसी, सहसचिवमा सागर थापा, सह कोषाध्यक्षमा विपीन रोका रहनुुभएको छ । त्यसै गरि सदस्यहरुमा सुुरेन्द्र खड्का, कमल खड्का, सरन बुुढामगर, मनोज बुुढामगर, गायत्री रिजाल र मञ्जुु परियार रहनुुभएको छ । कार्यक्रमको शुुरुवात महामानव विपिको फोटोमा फुल र अविरल्यापन गरि मनाइएको थियो । यसै मञ्चको अध्यक्ष तेजकुमारी विष्टको अध्यक्षतामा शुरु भएको कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रोल्पाका संस्थापक सभापति एवम् पूूर्वराज्यमन्त्री सुुरेन्द्र हमालले वि.पि (कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको विचार सबैले आत्मसाथ गरेर अघि बढाएमा मात्र देशको विकास र लोकतान्त्रिक चरित्र निर्माण गर्न सकिने बताउनु भयो । कार्यक्रमको विशेष अतिथिहरुमा नेपाली कांग्रेस जिल्लाका सचिव मोहन परियार र नेपाली कांग्रेसका निवर्तमान पार्टी सभापति कृष्ण बहादुर घर्तीमगर रहनुभएको थियो । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष खटक बहादुुर खत्री, जिल्ला सदस्य गन बहादुर घर्ती, नगर सभापति चन्द्र प्रकाश आर्चाय, महिला संघ अध्यक्ष पुुष्पा श्रेष्ठ, तरुणदल रोल्पाका बरिष्ठ उपाध्यक्ष पशुपति घर्तीमगर, नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुुर थापा, प्राध्यापक संघका जिल्ला अध्यक्ष विनोद आर्चाय, नेपाली लेखक संघका केन्द्रीय सदस्य दामु मर्सिफुल, प्रेस युुनियनका प्रतिनिधी नरेश आचार्य, लगायतले मनतब्य दिनुु भएको थियो । अन्य अतिथीहरुमा महिला संघ केन्द्रीय सदस्य मिश्री हमाल लगाएत लोकतान्त्रिक समाजबादमा आस्था राख्ने विभिन्न ब्यक्तिहरुको उपस्थिती रहेको थियो । यस मञ्चका उपाध्यक्ष सुनिल कुमार वलीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको संचालन सचिव गिरिराज थापाले गर्नुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय