२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाहीको पर्सा गाउँपालिकाले तीन दिन ढिलो गरि आज १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।यो सँगै सर्लाहीमा २० वटै पालिकाले बजेट ल्याएका छन् । स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेपनि पर्सा गाउँपालिकामा भने बजेट बाँडफाँडको विषयमा उपाध्यक्ष र वडाध्यक्षको गाउँपालिका अध्यक्षसँग सहमती नहुँदा ३ दिन ढिलो गरी गाउँ सभा गरिएको हो । सर्लाहीका अन्य १९ पालिकाले असार १० गतेभित्रै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।शुक्रबार गाउँसभाको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष नुतन देवीसहित वडाध्यक्षहरु समेत सहभागी भएका थिए । समारोहमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै गाउँपालिका भित्रका उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको हो ।गाउँपालिकाको १५ औँ गाउँ सभाको मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायको प्रमुख आतिथ्यता तथा छिमेकी हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पुष्पराज गुरागाईंको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय