२०८२ चैत्र ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही,१५वैशाख। सर्लाहीको स्थानीय तहहरुमा झोले संस्थाहरुले पालिका तथा वडाका जनप्रतिनिधि र कर्मचारीहरुसङ्गको कमिसनको खेलगरि लक्षित बर्ग कार्यक्रम तथा विभिन्न किसिमका कार्यक्रमहरु गरि करोडौंको बजेट लुट्ने गरेको खुलासा भएको छ ।स्थानीय तहका केही कर्मचारीहरुले बिचौलियाको भुमिका पनि खेल्ने गरेको समाचार प्राप्त भएको छ । उनिहरु एनजीओ आईनजियोकर्मीहरुसंग मिलेर बढी कमिसन आउने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई लोभ्याउने हाल्न लगाउने र आफूसंग हिमचिम रहेका संघसंस्था माफियाहरु संग सेटिङ गराई कार्यक्रम दिलाउने देखि एनजिओ तथा सङ्घसंस्थाका एजेट सँग मिलेर सेयर हाली काम गर्ने सम्म गरिरहेको खुलेको छ । स्थानीय तहका कर्मचारीहरू पनि आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा दर्जनौँ सामाजिक संघसंस्था दर्ता गराइ सेटिङमा जिन्सीका समान खरिद र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट लुट्ने गरेका छन । पालिका कर्मचारीमा नियुक्त रहे पनि गैरसरकारी संस्था खोलेर बसेका छन् । सरकारी कर्मचारीहरू नै सङ्घसंस्था खोलेर सामाजिक विकास कार्यक्रममा संलग्न हुँदा यस्ता कार्यमा भ्रष्टाचारको सीमा नाघेको छ । पालिकाका कर्मचारीले यसरी खुलेआम नीतिनियमविपरीत काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय