२०८३ जेष्ठ ३१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

कौडेना -शुक्रबारदेखि कौडेनामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ।कौडेना गाँउपालिकाको आयोजनामा अध्यछ कप टि–१६’ क्रिकेट सुरु भएको हो।कौडेना –०१ सुखचैनास्थित देवधारी मा.बी को खेल ग्राउण्ड मा सुरु भएको प्रतियोगिता आगामी फाल्गुन १९ गतेसम्म चल्ने छ। लिग प्रणालीमा खेलाइने प्रतियोगितामा कौडेना वार्ड नम्बर:१,वार्ड नम्बर:२, वार्ड नम्बर:३,वार्ड नम्बर:४,वार्ड नम्बर:५,वार्ड नम्बर:६,वार्ड नम्बर:७ र एक कर्मचारीको टिम गरी ८ टोलीको सहभागिता रहने पालिकाले जनाएको छ। प्रतियोगिताका विजेतालाई २१ हजार रुपैया,शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई ११ हजार रुपैया,शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिता कार्यक्रमको उद्घाटन गाँउ पालिका अध्यछ रुपेश कुमार उर्फ (बबलु)ले गरेका थिए।त्यस्तै शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं:७ सक्रोल टिमले पालिकाको कर्मचारी टिमल लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमलाई ६२ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ्ग गरेका वार्ड नम्बर ७ सैक्रोलका टिमले १६ ओभरमा ५ बिकेटको नोकसान मा २१७ रन बनाएका थिए। वार्ड नम्बर:७ सैक्रोल टिमका लागि इरफानले सर्वाधिक ७२ रन र रत्नेश यादव ले ५६रन बनाएका थिए।वार्ड नम्बर:७ सैक्रोल टिमका लागी इरफानले ४ विकेट र आरिफ राजाले ३ विकेट लिएका थिए। प्रतियोगितामा ७ वटा वडा र एक कर्मचारीको टिम गरि ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय