२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही-सर्लाहीको बगदह स्थीत महालक्ष्मी चिनी उद्योगबाट निकस्ने दुर्गन्ध ले गाउ नै दुर्गन्धीत बनेको छ । दुर्गन्धको कारण मानव वस्ती आक्रान्त बनेको छ भने सडकमा हिडन समेत मुस्कील भएको छ ।चिनी उद्योग पछाडि रहेको डिष्टलरीबाट बग्ने झोलिलो पदार्थले गाउ नै दुर्गन्धीत बनेको छ । मानव स्वास्थ्यको लागि घातक धुंवा धुलो र दुर्गन्ध नगर भरि फैलिदा सर्वसधारणहरु नाक मुख छोपर हिडन बाध्य छन । दुर्गन्धबाट यहाको मानिसलाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ । दुर्गन्धले स्वास्थ्य व्यक्ति बिरामी अवस्थामा आएको छ भने दिर्घ रोगिहरु थप मारमा परेका छन । नगर भरि फैलिएको दुर्गन्धनका कारण मानव वस्ती आक्रान्त हुदा समेत स्थानिय सरकार मौन छ ।दुर्गन्धनको कारणले मानवलाई सांस फेर्न समेत समस्या भएपछि स्थानियवासीहरु निकै आक्रोसित बनेका छन । स्थानियवासीहरुले विभिन्न निकायहरुमा आफनो समस्यालाई लिएर ध्यानाकर्षण समेत गराएका छन । तर यस विषयमा कसैले चासो लिएको देखिदैन । गोडैता नगरपालिकाका बगदह का स्थानिय सुरज यादब ले सरोकारावाला निकायलाई ध्यानाकर्षण गराउदा समेत कुनै चासो नलिएको उनको कथन रहेका छ । पटक पटक सरोकाराला निकायलाई ध्याना आकर्षण गराइएको छ ।तर कसैले पनि चासो नलिएको उनको भनाई रहेको छ । स्थानिय अञ्जना साह ले समेत आफुहरुलाई दुर्गन्धको कारणले निकै समस्या भएको बताएका छन । धुलो धुवांले आक्रान्त भएपछि गत वर्ष समेत स्थानिय वासीहरुले आन्दोलन गरेका थिए । तर यसको सुनवाई भएन ,समस्या भने जस्ताको त्यस्तै देखिएको छ । तत्काल सरोकारवाला निकायको ध्यान भने यस तर्फ जानुपर्ने स्थानिय वासीहरुको कथन रहेको छ । वर्षेनी दुर्गन्धनले आजित बन्दा समेत स्थानियवासीहरुको कुनै सुनवाई नभएको देखिएको छ । स्थानिय सुरेश झ का अनुसार हरेक वर्षको समस्या नै रहेको छ । तर कसैले सुनवाई गरेको देखिदैनन । स्थानिय स्तरको समयालाई समाधान गर्ने दायित्व स्थानिय सरकारको रहेको छ । तर स्थानिय सरकार समेत मौन बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय