२०८२ चैत्र ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही ३ कार्तिक । तलब नपाएपछि सर्लाही सदरमुकाम स्थित प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकहरु आन्दोलनमा उत्रेका छन । विगत ३ महिना देखि तलब नपाएपछि अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन । श्रावन महिनादेखि तलब नपाएपछि हिजो (शुक्रवार)देखि छात्रवृति करार सेवामा खटिरहेका १४ जना मेडिकल अधिकृत तलब माग गर्दै हातमा कालो पट्टी बाधेर काम थालेका हुन ।देशभरिको सबै प्रदेशमा तलब पाईसकेको तर मधेश प्रदेश अन्तरगत काम गर्ने हामीले मात्र विगत ३ महिना देखि तलब नपाएको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल अधिकृत डा. अमित कुमार बताउछन । पटक पटक आवाज उठाउदा पनि सरोकारवाला निकायले कुनै सुनुवाई नगरेको उनको भनाई छ । विगतमा पनि ६ महिना पछि तलब खुवाएका प्रदेश सरकारले यस पटक पनि ३ महिना देखि तलब र दशैको पेश्की समेत नदिएको उनले पिडा पोखे । बारम्बार तलब पाउन पनि आन्दोलन नै गर्नुपर्ने हो कि भन्ने प्रश्न सरोवारवाला माझ तेर्साएकाछन ।तलब माग गर्दै आफुहरुले शान्तिपुर्ण आन्दोलन थालेको प्रादेशिक अस्पताल मलंगवाका अर्का मेडिकल अधिकृत डा.ओम सहनी बताउछन । बिरामीलाई सेवा दिई रहेपनि आफनो तलब माग गर्दै बिरोद्ध स्वरुप हातमा कालो पटटी बाधेर काम गरिरहेको उनको भनाई छ । बाकी रहेको तलब भुक्तानी नभए तथा अगामी दिनमा पनि हाम्रो तलब कति महिनामा पाउने भन्ने यकिन नभएसम्म हाम्रो चरणबद्ध आन्दोलन जारी रहने उनको कथन छ ।अस्पताल प्रशासन बाकी रहेको तलब भुक्तानीको लागि पहल गरिरहेको प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिस साह बताउछन । छात्रवृति कार्यक्रममा कार्यरत कर्मचारीको तलब संघ सरकारबाट प्रदेश सरकार र प्रदेश सरकारबाट अस्पतालमा आउने भएपछि ढिलाई भएको उनको कथन छ । यधपी जसरी भएपछि एक साता भित्र बाकी तलब भुक्तानीको लागि प्रदेश सरकारसंग पहल भईरहेको उनको भनाई छ ।यस अधि असोज २८ गते तलब नपाएका प्रादेशिक अस्पताल मलंगवाका १४ जना चिकित्सकले आफनो तलब माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही तथा अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाईसकेको छ । ज्ञापन पत्रमा तलब नपाएका चिकित्सकका समुहले असोज ३० गते सम्म तलब भुक्तानी नभए अस्पतालका ओपीडी,इम्रजेन्सी लगायतको सेवा समेत अबरुद्ध गर्ने चेतावनी समेत दिएका थिए । तर प्रदेश सरकार र अस्पताल प्रशासनबाट कार्तिकको ९ गते भित्र बाकी रहेको तलब भुक्तानी गरिने भनि आश्वासन आएपछि मेडिकल अधिकृतको समुह शान्तिपुर्ण आन्दोलनमा गई सेवा सुचारु गरेका हुन । कार्तिकको ९ गते सम्मपनि बाकी रहेको तलब भुक्तानी नभए आउने दिनमा मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मै गएर आन्दोलन गर्ने उनीहरुको भनाई छ ।(cp sarlahi today)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय