२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

बसबरिया-सर्लाही को बसबरिया गाउँपालिकाले दलित,एकल महिला,विपन्न परिवार हरूलाई ग्याँस चुल्हो वितरण गरेको छ । धुवाँमुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिण्डिर सहित चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए। भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको गा.पा.अध्यक्ष रायले जनाएको छ । गाउँपालिकाद्वारा बुधवार एक कार्यक्रमका विच वडा नम्बर ५ धनगढ़ाका बासिन्दालाई खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको हो ।बसबरिया गाउँपालिका ले ‘एक घर, एक खाना पकाउने ग्याँस चुल्हो’ कार्यक्रममार्फत धनगढ़ा का दलित ,एकल महिला, विपन्न परिवारलाई ग्याँस चुल्हो वितरण गरेको हो । गाउँपालिकाबाट विनियोजित बजेटले ग्याँस चुल्हो खरिद गरी ५ नम्बर वडाका वडा बासीलाई वितरण गरिएको बसबरिया गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत चुनचुन प्रसाद यादबले जानकारी दिनुभयो । यता दाउराको प्रयोग गर्दै आएका सर्वसाधारणले ग्याँस चुल्हो पाएपछि राहत महसुस गरेका छन् । ग्याँस चुल्हो प्रयोगले छोटो समय भएको बेला खाना पकाउन साथै भान्सामा काम गर्नलाई छिटो, छरितो र सहज हुनेभन्दै सर्वसाधारणले खुसी व्यक्त गरेका गाउँपालिका का लेखापाल जय राम दासले बताउनुभयो । अझै केही परिवारका लागि ग्याँस चुल्हो सेट अपुग भएकाले गाउँपालिकाले क्रमशः वितरण गर्ने योजना बनाएको पनि उहाँले सुनाउनुभयो । गाउँपालिका अध्यक्ष रामसिंहासन राय को अध्यक्षतामा र वडा अध्यक्ष रामचन्द्र राय को विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय