२०८२ चैत्र १२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही-कौडेना गाउँपालिकाका अध्यछ रूपेश कुमार उर्फ(बब्लू )ले कौडेना बजारको सरसफाइका लागि आफैँ सडकमा उत्रिएका छन्।कौडेना गाउँपालिकाले पालिका कै पुरानो बजार क्षेत्रको सरसफाइका लागि सुरु गरेको विशेष सरसफाइ अभियानको बुधवार बिहान गा.पा.अध्यछ रूपेश कुमार उर्फ(बब्लू)ले गाउँपालिका कार्यालय अगाडीको सडकमा झाडु लगाएर उक्त अभियानको उद्घाटन गरेका छन् । सफा,सुन्दर,रमणीय तथा धुवाँधुलो र प्रदूषणमुक्त पालिका बनाउनका लागि सुरु गरिएको यस अभियानमा गा.पा.अध्यछ रूपेश कुमार उर्फ(बब्लू),सँगै प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादव ,गाउँपालिका अन्तर्गतका ७ वटै वडाका वडाअध्यक्षहरु,,कर्मचारीहरु र नेपाली सेना तथा नेपाली प्रहरीहरू झाडु लिएर बजार सरसफाइमा निस्किएका हुन्। आउँदै गरेको दिपावली र छठ पर्वलाई समेत लक्षित गरेर सुरु गरिएको विशेष सरसफाइ अभियान अवधीभर कौडेना गाउँपालिकाको मुख्य बजारक्षेत्र,विभिन्न वडा,टोल,मठमन्दिर,तथा पोखरी हरुको सरसफाइ गरिने गा.पा.अध्यछ कुमारले जानकारी दिए। आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा झाडु बोकेर निस्किएको गा.पा.अध्यछ कुमारले बताए ।अहिले विभिन्न खालका रोगहरू डेंगु,मलेसिया र स्क्रबटाइफसजस्ता महामारी फैलिइरहेको अवस्थामा त्यसकोसमेत नियन्त्रण गर्नका लागि सरसफाइ अभियानको सुरुवात गरिएको उनले बताए ।बुधवारबाट सुरु भएको विशेष सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने र यसको लागि गाउँपालिका का मेस्तरहरूलाई पनि काममा खटाइएको प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादव ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय