सर्लाहीको कौडेना गाउँपालिकामा कार्यरत कर्मचारीहरु काम गर्न छोडेर आन्दोलनमा उत्रिएका छन् । स्थानिय तह कर्मचारी संघर्ष समिति कौडेनाले एक प्रेस बिज्ञप्ती निकालेर अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेर अनिश्चितकालीन पेन डाउन गरेका छन् ।नेपाल सरकारको मन्त्रीपरिषदको बैठकबाट संघिय निजामती सेवाविधेयक २०८० पारित गरि संसदमा पेश गर्ने निणर्य भएको र उक्त विधेयक स्थानिय तहका कर्मचारीको सेवा सुविधा र सुरक्षाका बिषयमा अस्पष्टता भएको भन्दै अन्दोलन गरिरहेका छन् ।स्थानिय तहका कर्मचारीहरुको सुरक्षा सम्बन्धी बिषय समावेश गरी एकिकृत यथासिघ्र निजामती ऐन जारी गर्न उनिहरुले माग गरेका छन । संघिय निजामती सेवा ऐनमा स्थानिय तहका कर्मचारीका मागहरु समावेश गरि सो ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृतको पद स्थानिय सेवामा नै रहने व्यवस्था हुनुपर्ने माग स्थानिय तहका कर्मचारीहरुको रहेको छ । त्यस्तै निजामती परिभाषा भित्र स्थानिय तहका कर्मचारीलाई समेत समेटिनु पर्ने, विना सहमति स्थानिय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् ।स्थानिय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले तय गर्ने आन्दोलनका कार्यक्रमहरुलाई कौडेना गाउँपालिकामा पनि अनिश्चितकालीन पेन डाउन गरी आन्दोलनमा उत्रिएको संघर्ष समिति का संयोजक ले बताए । उनिहरुले उठाएका मागहरुलाई तत्काल सम्बोधनगर्न पनि जोडदार माग गरेका छन ।स्थानिय तहका कर्मचारीहरुले उठाएका मागबारे सरकारले प्रतिक्रिया नजनाउँदा स्थानिय तहमा अत्यावश्यक बाहेका सेवा ठप्प भएका छन । यसले गर्दा स्थानिय तहका कार्यालयहरु खुले पनि कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रवाह बन्द हुँदा सेवाग्रहीलाई सेवालिन समस्या भएको छ ।

