२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही,कौडेना-कौडेना गाउँपालिकाले एसिया कप क्रिकेट प्रतियोगिताका सहभागी खेलाडीलाई ५ लाख पुरस्कार दिने भएको छ । खेलाडीको आत्मावल बढाउन र क्रिकेट खेलप्रति प्रोत्सहान गर्न गाउँपालिकाको तर्फबाट ५ लाख रकम दिने गाउँपालिका अध्यक्ष रुपेश कुमार उर्फ( बब्लू)ले फेसबुक मा स्टाटस लेखेर घोषणा गरेका हुन् ।श्रीलंकामा सोमबार भएको एसिया कपमा नेपाली क्रिकेट टिमले सहभागिता जनाई उत्कृष्ट प्रर्दशनका बाबजुत भारतसंग पराजय बेहोरे पनि नेपाली खेलाडीको टिमलाई सम्मान स्वरुप नगद पाँच लाख पुरस्कार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष रुपेश कुमार उर्फ( बब्लू)ले बताए ।खेलकुद क्षेत्रबाट नेपालको नाम अन्तराष्ट्रिय जगतमा फैलाएका खेलाडीहरुको मेहेनतको कदर गर्दै प्रोत्सहान स्वरुप एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी टिमलाई नगद पुरस्कार दिइने अध्यक्ष रुपेश कुमार उर्फ( बब्लू)को भनाई छ ।एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटको हार बेहोरेको छ । भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो । भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए ।वर्षाका कारण प्रभावित खेलमा भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो ।डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय